५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा बसको ठक्करबाट दुई साइकल यात्रीको मृत्यु

१ वैशाख, झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । नौ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नंको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका बाबुछोरालाई नै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पु¥याइए पनि प्रेमको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता बसका सहचालक मेचीनगर नगरपालिका–१० निवासी १६ वर्षीय विशाल कार्की डोले बसबाट झरेर गम्भीर घाइते बनेका छन् । बसले साइकललाई ठक्कर दिएपछि ब्रेक लगाउने क्रममा बसको ढोकामा रहेका उनी बसबाट झरेको प्रहरीले जनाएको छ । उनको पनि बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित सुरुङ्गा सडकखण्डमा बाटो काट्ने क्रममा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख २१८८ नंको बसले महिलालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार २१:०१