६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

अस्पतालले मृत घोषित गरेर अन्तिम संस्कार गर्न लाग्दा युवक जिवित भएपछि…

 १९ असार, एजेन्सी । भारतकाे उत्तरप्रदेशमा एक युवकलाई अस्पतालले मृत घोषित गरेर चिहानमा गाड्ने तयारी गर्दैगर्दा उनको शरीर अचानक चल्न थालेपछि अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइएकाे छ । २० वर्षिया मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछि उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृत घोषित गरेका थिए । उनलाई एम्बुलेन्समार्फत् उनको घर पुर्याइयो ।

फाइल फाेटाे

अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।’लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।’फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १२:५४