पाकिस्तानको अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा गोली चल्यो
१८ असार, काठमाडाैँ । पाकिस्तानको अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा गाेली चलेकाे छ । एक व्यक्तिले विमानस्थलमा चलाएको गोली लागेर दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । घटनामा मृतक र घाइतेको संख्या पुष्टि भएसँगै मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले जनाएका छन् ।

नीजि झगडापछि गोली चलाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको काज्मीले जानकारी दिए । दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ ।
प्रकाशित मिति : १८ असार २०७६, बुधबार १३:२१












