२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपालले चीनलाई १० विकेटले पराजित गर्यो

१८ असार, काठमाडाैँ । चीनलाई १० विकेटले पराजित गर्दै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल छनोटको नजिक पुगेको छ।  टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो । चीनलाई सस्तोमा समेट्नेक्रममा नेपालका सागर ढकालले एक्लैले ६ विकेट लिए ।

९.१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिए । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा एक विकेट पनि नगुमाइ पूरा गर्यो । बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले छनोटका लागि सिंगापुरसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १०:१८