६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु, १७ घाइते

असार १६, एजेन्सी । भारत प्रशासित क्षेत्र कश्मीरमा मिनीबस दुर्घटना हुँदा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मू प्रहरीका अनुसार ५५ यात्रु सवार बस बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा दुर्घटना भएको थियो ।

बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १४:१०