८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विप्लव माओवादीको नाममा कांग्रेस कार्यकर्ताको चन्दा आतंक, काठमाडाैँबाटै चार जना पक्राउ

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले विप्लव माओवादीका नाममा चन्दा आतंक मच्चाउन सुरु भएको खुलासा भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल रहेका छन । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । चन्दा आतंक मच्चाउने समूहका नाइके चेतबहादुर भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १९:०३