१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भारतीय सुरक्षाकर्मीद्धारा माओवादी केन्द्रका कार्यकर्ता सुशील तिवारीकाे अपहरण

२९ चैत, काठमाडाैँ ।  नेकपा  माओवादी केन्द्रका एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन्  कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।

सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् ।

अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले आज पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गर्नुभयो ।

अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ ।

अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०५:५९