७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

‘जादु’ देखाउन हातखुट्टा सिक्रीले बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

२ असार, एजेन्सी । एक जना जादुगर जादु देखाउने क्रममा नदीमा बेपत्ता भएका छन् । पश्चिम बंगालमा जादुगर चञ्चल लाहिरी कोलकातामा रहेको हुगली नदीमा बेपत्ता भएका हुन् । लाहिरी आफ्ना हातखुट्टा सिक्रीले बाँधेर नदीमा पसेका थिए । उनी पानीमा पसेर डोरी ‘जादु’ले खुलेपछि किनारामा आउने योजनामा थिए । तर उनी त्यसपछि देखा परेनन् ।

आइतबार जादु हेर्न आएका दर्शकले प्रहरीलाई घटनाका बारेमा खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ । म्यानड्रेकका नामले परिचित जादुगरले आफ्ना हातखुट्टामा फलामको सिक्रीले बाँधेर ६ वटा ताला लगाइ डुङ्गाबाट नदीमा हाम फालेका थिए ।

लाहिरीले २० वर्षअघि एउटा काँचको डिब्बामा पसेर नदीमा हाम फालेका थिए । त्यसबेला भने उनी सफलतापूर्वक बाहिर निस्केका थिए ।उनको मृत्यु भएको आशंका प्रहरीले गरेकाे छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार २०:३८