७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आकाश झैँ छाती बनाउ भन्नुहुन्छ आमा (गजल)


–सीता शर्मा

देश दुख्दा मलम लगाउ भन्नुहुन्छ आमा ।
सभ्यताको दियो जलाउ भन्नुहुन्छ आमा ।

हेर्नुहुन्न टुलुटुलु मिचिएका सिमारेखाहरु
देशले मागे रगत चढाउ भन्नुहुन्छ आमा ।

हेप्छन् नि छिमेकीले हामी कमजोर हुदा
आपसमा रिसराग हटाउ भन्नुहुन्छ आमा ।

मधेसी,हिमाली,पहाडी सबै हामी नेपाली
आकाश झैँ छाती बनाउ भन्नुहुन्छ आमा ।

कहाँ रहन्छ हाम्रो अस्तित्व, देश नै नरहे
देशको अस्मिता बचाउ भन्नुहुन्छ आमा ।

जैमिनी न. पा ५ बाग्लुडं
हाल दाङ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १६:४५