१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित )

१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् ।

कर्णाली प्रदेशमा चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुग ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ ।

 

हेर्नुहाेस् बजेटकाे पूर्णपाठः

प्रकाशित मिति : १ असार २०७६, आईतवार १७:२५