११ फाल्गुन २०८१, आईतवार | Mon Feb 24 2025

दार्चुलामा विद्यालयकाे शौचालय भत्किँदा ४ जना बालबालिकाकाे मृत्यु

२८ जेठ दार्चुला । दार्चुलामा विद्यालयकाे शौचालय भत्किँदा ४ जना बालबालिकाकाे मृत्यु भएको छ । दार्चुलाकाे नौगाड गाउँपालिका -४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ४ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।


मंगलबार विद्यालय बन्द रहेको समयमा साँढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीले बताएकाे छ ।

मृत्यू हुनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १८:५२