८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पार्टी एकतामा कुनै द्विविधा छैनः रक्षामन्त्री पोखरेल

२७ चैत, कास्की । नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् ।

एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए ।

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा व्यक्त गरे ।

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिए ।

नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उनले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख पनि गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १८:०४