१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

शेयरबजार उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

२५ जेठ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अनुरोध गरेका छन ।  मुलुकको अर्थतन्त्र उदाउँदो अवस्थामा रहेको भन्दै उनले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजारमा देखिने भएकाले उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि धितोपत्र बोर्डलाई निर्देशन पनि दिए ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयरबजार नै प्रभावित हुनेगरि भएका क्रियाकलाप रोक्न बोर्ड चनाखो बन्नुपर्ने बताए । कोमोडिटी मार्केटलाई अझैँ पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार २०:४६