प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जित्यो
२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । दुई रन जोड्दा पहिलो विकेट गुमाएको उसको पारी सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ५४ रन थियो ।
आरिफ शेख ६, पवन शरार्फ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमा आउट भए । तर, एउटा एण्ड सम्हालेका ओपनर धमला ४२ रनमा अविजित रहे । मंजित श्रेष्ठ ११ रनमा नटआउट रहे । करण केसीले ३ र शाहब आलमले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले राम्रो सुरुवात गरेको थियो । ओपनर राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरको गिए । तर, दुबै आउट भएपछि आर्मी धिराशाही भयो र ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउ सक्यो । भीम सार्कीले २० र रोहितकुमार पौडेलले १८ रन बनाए भने अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४/४ विकेट लिए ।
प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार १६:५२