यो नाक, जसको मूल्य एक करोड तोकियो !
२२ जेठ, काठमाडौँ । सुनसरीका पत्रकार विराट अनुपम र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरी यतिखेर चर्चामा छन । अझ चर्चा त उनीहरूको बीचमा भएको संवादको भैरहेको छ । मेयर चौधरी पछिल्लो समय अशिष्ट अभिव्यक्तिका कारण विवादित बनिरहेकै थिए । झन पछिल्लो पटक उनले पत्रकार विराट अनुपमको नाकको डाँडी भाच्ने र त्यसका लागि एक करोड खर्च गर्ने अभिव्यक्ति दिएपछि उनी थप विवादित बनेका छन ।
![](https://dainiki.com/wp-content/uploads/2019/06/321739782_meyar_dwarik.jpg)
द्धारिकालाई चिन्नेहरूले उनको आक्रोश अभिव्यक्ति भएको र त्यो पित पत्रकारिता र भ्रष्टाचारविरूद्ध भएको बताइरहेका छन । यद्पी पदमा रहेको व्यक्तिको असुहाउँदै अभिव्यक्ति भनेर आलोचना समेत भैरहेको छ । अनुपमको समाजिक सञ्जालमा समेत अनावश्यक प्रतिक्रिया जनाउँदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको चेतावनी दिएका हुन ।
उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’ केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन् । चाैधरीको पछिल्लो अभिव्यक्तिलाइ लिएर नेकपाभित्रै चर्को अालोचना भैरहेको छ ।
![](https://dainiki.com/wp-content/uploads/2019/06/61140033_2268958019810159_3671189619140984832_n.jpg)
मेयर निकटकाहरूको बुझाइ
चौधरी निकटका अनुसार उनी उत्तेजित बन्नुमा भ्रष्टचारविरूद्धको उनको अभियानमा आएका अनेक तगारोहरू रहेका छन । सल्लाहकारले नाम उल्लेख नगर्ने शर्तमा चाैधरीको बारेमा भने ‘इटहरीमा एउटा समुहले सार्वजनिक जग्गा कब्जा गर्ने प्रयास गर्यो तर सकेन । उक्त समुहले मेयर चौधरी विरुद्ध अख्तियारमा मुद्दा समेत हाल्यो, कर्मचारी र पत्रकार समेत प्रयोग गर्यो । तर अख्तियारले मेयरलाई कहीँ दोषी भेट्टाएन । उपमहानगरपालिकामा पनि कर्मचारीलाई उनै जग्गा दलालले प्रयोग गरेपछि मेयरले भ्रष्टाचारी भन्दै कर्मचारीलाई पनि निश्कासन गरे । सडकबत्ती सम्बन्धी उपमहानगरको पुरानो मुद्दामा पनि उनैलाई जोडेर तिनै जग्गा दलालले मेयर विरुद्ध पत्रकार प्रयोग गरे र त्यसमा पनि उनी निर्दोष सावित भए । त्यसकारण उनी उत्तिजेति भएका हुन ।’
हामीले कुनै पनि भूमाफियाको पक्षमा छैनाैँः पत्रकार विराट अनुपम
यही विषयमा दैनिकीले पत्रकार विराट अनुपमसँग प्रश्न सोधेको थियो । उनले अाफू सुरूदेखि भूमाफियाको विरूद्धमा रहेको र भ्रष्ट प्रवृति र भूमाफियाको खिलाफमै रहेको बताए । उनले भने ‘मेयरका अन्य समस्या होलान तर हामीले भूमाफियाको विरूद्धमा निरन्तर कलम चालाउँदै अाएका छाैँ ।’
यो पनि पढ्नुहोस्
–द्वारिकाजीको आक्रोश पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति गलतः मुख्यमन्त्री पोखरेल
–एक करोड र एउटा घडेरी दिएर पत्रकारको नाक भाँच्ने नेकपाका नेताको चेतावनी (अडियोसहित)
–नेकपाका नेता एवं इटहरीका मेयर चाैधरीलाई बर्खास्त गर्न युवा संघका नेता पर्शुराम बस्नेतको माग
प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ११:१८