१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

पाँच वर्षभित्र ५० प्रतिशत सहकारी  एकीकरण गर्ने मन्त्री अर्यालको घोषणा

१८ जेठ, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज यहाँ आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले वर्तमान अवस्थामा खेतीयोग्य जमीनको ३३ प्रतिशत मात्र भूमि खेतीमा उपभोग भइरहेको आगामी पाँच वर्षभित्र ५० प्रतिशत र त्यसपछि शतप्रतिशत पु¥याउने लक्ष्यले सरकारीले कार्य गरिरहेको बताउँदै सरकारको विकास र समृद्धको सपना सरकारीले मात्र पूरा गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार २०:४१