३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

–प्रकाश ‘देव ‘ खड्का

मस्तिष्कको आगनीमा उन्कै तस्वीर सजाई राखे
उनी पाउ भनी मैले देवी देवता मनाई राखे

सत्मार्गमा लागौ भन्थे ग्रहण गरी राम्रा विचार
सत्रुसँग लड्दै भीड्दै उनकै इज्जत बचाई राखे

कस्को कुरा सुनी उनले मेरो प्यारमा खोट भेटिन
तितो पल भुल्न मैले हृदय मेरो जलाई राखे

लाखौ बिन्ती गर्हे हुँला साथ पाउन आखिर उन्को
बन्द ढोका नउग्रिदा रोइ कराई तड्पाई राखे

यस्तै रैछ हार्नु पर्ने बुझ्नेले कुरा नबुजेपछि
छाडी जाने बैगुनीको यादमा आशु बगाई राखे

भक्तपुर / हाल बोस्टन

प्रकाशित मिति : April 9, 2018 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/