१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

गुल्मीको धुर्कोट गाउँपालिकाले वेरोजगार १५० युवालाई यसरी दियो रोजगारी (फोटोफिचर)

१७ जेठ, गुल्मी । गुल्मीकाे धुर्काेट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको आजबाट ३० दिनका लागि शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएकाे गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । गाउँपालिका प्रमुख पोखरेलका अनुसार शुक्रबारबाट सुरू भएकाे उक्त कार्यक्रममा १५० जनालाई एक महिनाका लागि राेजगार प्रदान गरिएकाे हाे ।

३० दिनको राेजगार कार्यक्रममा शिक्षण सस्थामा १३ जना, स्वास्थ सस्था मा ४ जना, कृषि र पशुपालन मा १५ जना, सिचाइ कुलो मर्मत मा १५ जना, बिधुत मर्मत मा ७ जना, खानेपानी मर्मत मा १५ जना, सडक मर्मत मा ८१ जना, गरीजम्मा १५० जना काममा परिचालन गरेकाे गाउँपालिका प्रमुख पोखरेलले जनाएका छन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १६:२९