१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

एमालेले महिनामा एक सय रूपैयाँ दिन सुरू गरेको वृद्ध भत्ता अब हरेक दिन सय रूपैयाँ

१५ जेठ, काठमाडौँ । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको छ । २०५२ सालमा नेकपाको तत्कालीन नाै महिने अल्मतको सरकारले महिनामा एक सय रूपैयाँ दिन सुरू गरेको बृद्ध भत्ता अब दैनिक नै एक सय प्राप्त गर्ने भएका छन ।

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ । वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार २२:०७