१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

घरजग्गामा पुँजीगत लाभकरकाे दर घट्यो

जेठ १५ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घरजग्गामा पुँजीगत लाभकरको दर घटाएको छ । आ व २०७६/७७ को बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिका भित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र अग्रिम पुँजीगत लाभकर लाग्ने गरी व्यवस्था गरेको बताएका छन्।

घरजग्गा कारोबार गर्दा नेपालभर अहिले नै १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । व्यक्तिगत कारोबारीभन्दा पनि कम्पनीहरुको हकमा लागू हुने अग्रिम पुँजीगत लाभकरको दर घटाइएको हो । तर, महानगर र उपमहानगर केन्द्रित घरजग्गा विकास गर्ने कम्पनीहरुले  यस्तो लाभ पाउनेछैनन्।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १९:०१