१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

आय करको सीमा विस्तार, मध्यम वर्गलाई राहत

१५ जेठ, काठमाडौँ । सरकारले व्यक्तिगत आय कर लाग्ने सीमा विस्तार गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने सिमा थियो । अब त्यो सीमा ४ लाखमा पुगेको छ । यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँ बाट ४ लाख ५० हजार पुगेको छ ।


आय करमा भने कुनै परिवर्तत गरेको छैन । नयाँ व्यवस्थाले निम्नमध्यम वर्गलाई राहत दिने भएको छ । सरकारले गत वर्षबाटै प्रगतिशील आय करको अभ्यास थालेको छ । अब प्राकृतिक एकल व्यक्तिले साँढे ४ लाख सम्म १ प्रतिशत आय कर तिर्छन् । १ प्रतिशत कर लाग्ने यो पुरानै व्यवस्था हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १८:५१