१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

मेट्रो र मोनो रेलका लागि ७ अर्ब बजेट, उपत्यकाको नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था

जेठ १५, काठमाडौँ । सरकारले मेट्रो रेल र मोनो रेल निर्माणका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा काठमाडौँलाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र रेल निर्माण सुरु गरिने जनाइएको छ।

त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने समेत बजेट व्यवस्था गरिएको छ भने काठमाडौंलाई धुलोमुक्त बनाउने घोषणा समेत गरिएको छ त्यस्तै सार्वजनिक यातायातमा भाडा तिर्न डिजिटल कार्ड बनाइने समेत जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १७:४८