१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

प्रदेशलाई अनुदानका लागि ५५ अर्ब र स्थानीय तहका लागि ८९ अर्ब बजेट

१५ जेठ, काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ का संघीय सरकारले प्रदेशलाई अनुदानका लागि ५५ अर्ब ३० करोड बजेट छुट्याएको छ ।संघीय संसद्का दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा सामान्यीकरण अनुदानतर्फ प्रदेशलाई ५५ अर्ब ३० करोड तथा स्थानीय तहलाई ८९ अर्ब ९५ करोड छुट्टयाएको उल्लेख छ ।

यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड तथा स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड छुट्ट्याइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १६:३५