७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

–सुदामा कृष्ण

कुनै कुनै हारहरु जीत भन्दा ठुला हुन्छ्न
नझरेका आँसुहरु गीत भन्दा ठुला हुन्छ्न ।

नलेखेको नाता पनि –हुँदो रैछ झनै प्यारो
जो छैन यो भाग्यमा मीत भन्दा ठुला हुन्छन ।

मृत्यु पनि प्रिय होला– तिमी सँगै मर्न पाए
चिता झनै सुन्दर जिवित भन्दा ठुला हुन्छन ।

पृथ्वीले घुम्दै गर्दा — अवश्य कहिं भेटिनेछौं
तेहि वास्तविकता चकित भन्दा ठुला हुन्छ्न ।

दसी प्रमाण के देखाउँ– मुटुभरी मायाँ राखी
प्रेममा कबुलहरु लिखित भन्दा ठूला हुन्छ्न ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १७:३९