२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

शेयर बजारमा दोहोरो अंककाे गिरावट, नेप्से परिसूचक ११.९३ बिन्दुले घट्यो

१२ जेठ, काठमाडाैँ । साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेडको रु चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट रु चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर रु दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ९.७५, हिमालयन डिस्टिलरी ७.९०, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए । रासस

प्रकाशित मिति : 17:07