२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जर्मन कपको उपाधि बायर्न म्युनिखले जित्यो

१२ जेठ, काठमाडाैँ । बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । बायर्नले घरेलु फुटबल प्रतियोगितामा १२ औं पटक दोहोरो उपाधि जितेको छ । बुन्डेस लिगाको उपाधि जितिसकेको बायर्नले १२ औं पटक जर्मन कपको उपाधि जितेको हो । बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शून्यले हराउँदै बायर्नले जर्मन कपको उपाधि उचाल्यो ।

एकतर्फी बनेको फाइनलमा जित दिलाउन बायर्नका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ७८ औं मिनेटमा कोमनको गोल मार्फत खेलमा दुई शून्यले अगाडी रह्यो । त्यसपछि ८५ औं मिनेटमा पुनः लेवान्दोस्कीले नै बार्यनका लागि तेस्रो गोल गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार ०८:४६