१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

न्यूयोर्कका नेपाली कविकाे एउटै पुस्तक

६ जेठ, काठमाडाैँ । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो ।

कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका वस्त, राजुविजया सिंखडालगायतले कविता वाचन गर्नुभयो । सो अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले न्यूयोर्कलाई कर्मथलो बनाएर बसिरहेका नेपाली कविको संयुक्त सङ्ग्रह नेपाली साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस्ता गतिविधिले डायस्पोरामा नेपालीको बौद्धिक उपस्थिति उजागर हुने धारणा राख्नुभयो ।

तारा–किशन फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा न्यूयोर्क नियोगमा आफ्नो चारवर्षीय कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका वाणिज्यदूत तथा कवि कृसु क्षेत्रीलाई न्यूयोर्कका नेपाली कविका तर्फबाट अभिनन्दन गरिएको थियो । कार्यक्रमका आयोजक तथा विमोचित पुस्तकका सम्पादक धामीले मुलुकबाहिर रहेर सिर्जना गरिरहेका कविहरूको सिर्जना पनि स्तरीय रहेको तर त्यसलाई ‘डायस्पोरा’ अन्तर्गत राखेर किनारामा पार्न खोजिएको धारणा राख्नुभयो ।

प्रकाशित मिति : May 20, 2019 at 2:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/