१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

३ जेठ, काठमाडाैँ । नेपाल आयल निगमले मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा १ रूपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर अब १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै डिजेल/मट्टितेलको नयाँ मूल्य भने प्रतिलिटर ९७ रूपैयाँ कायम भएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने घटाइएकाे छैन । भारतीय आयल कर्पोरेसनले मे १६, २०१९ बाट मूल्य समायाेजन गर्दै नयाँ मूल्यसहितकाे पत्र पठाएकाे थियाे। घटेकाे मूल्य शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार २१:४४