२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रेममा रहेका छविराज र नायिका शिल्पाले ५ वर्ष अघि नै विवाह गरेको खुलासा

३१ वैशाख, काठमाडौं । नेपाली चलचित्रकाे निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल लामाे समय देखी प्रेममा रहेकाे भएपनि अहिले उनिहरूले ५ वर्ष पहिलेनै विवाह गरेकाे खुलासा भएकाे छ । यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको बारे यी दुईले पुष्टी गरेका थिएनन् ।

अन्तर्वार्तामा नायिका शिल्पा पोखरेलसँग ५ वर्षअघि विवाह गरेको खुलासा भएको छ। यो कुरा निर्माता ओझाले हालै दिएको एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिको धेरै समय भएको छ ।

५ वर्षअघि छबिले निर्माण गरेको चलचित्र लज्जाबाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि निर्माता छविराज ओझाले विवाह भएको कुरा स्विकार गरेका छन् ।

प्रकाशित मिति : 14:47