१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

हुँदैनाै कि मेराे भनी आँखा टलपलाउँछ (कविता)

-दुर्गा पुडासैनी

केहि पनि छैन तर हेर्छु छिन-छिन, मेराे हैनाै र पनि नजिकिन्छु किन ?

फकाउँझैँ लाग्छ उनलाइ सुन्दर बनी, दाबि गरूँ कि तिमी मेरै भनी

स्तम्भ झैँ थ्याे मन मेराे छटपट गर्छ, उनि सँगै बस्छु भनी सयाैँ खाेला तर्छ

हुँदैनाै कि मेराे भनी आँखा टलपलाउँछ, जन्म-जन्म एक हुन याे मन सल्बलाउँछ

सहर नै चाहियाे किन मेराे सुन्दर गाउँ छ, साँच्चै मायाँ बस्याे क्यारे तिम्राै याद आउँछ

जिस्क्याउँदै सुर्य पनि वारि–पारी गर्छ, माया लगाउ भन्दै जुन आँखा तर्छ

ख्याल गरी बस भन्छ आकासले पनि, जिस्क्याउँछ पागल धरतीले भनी

प्रकाशित मिति : May 11, 2019 at 12:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/