२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०१९’, श्रृंखलाले पहिराइदिइन् क्राउन

२७ वैशाख, काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९’ बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्का श्रेष्ठले ताज जितेकी छिन् । मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् ।

ताज पहिरिएकी  अनुस्काले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिइन्। अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् ।

प्रकाशित मिति : May 10, 2019 at 9:49 am