१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

बिजुलीको पैसा नतिर्ने उद्योगीको लाइन काट्ने कुलमान घिसिङको चेतावनी

२७ वैशाख, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पैसा नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएका छन । केही दिनअघि उद्योगीहरूले बिजुलीको पैसा नतिर्ने भन्दै पत्रकार सम्मेलन नै गरेका थिए । त्यसको केही दिनपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली काटिदिने चेतावनी दिएका हुन ।

घिसिङले २०७३ सालदेखि महसुल नतिरेका ग्राहकको लाइन काट्ने चेतावनी दिएका हुन् ।   तीन वर्षदे खि यस्ता उच्च प्रभावशाली ग्राहकबाट विद्युत् महसुल नउठाएर उनीहरूलाई सुविधा दिएको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ ।कार्यकारी निर्देशक घिसिङका अनुसार विशिष्ट प्रकृतिको सुविधा उपभोग गरेबापत करिब चार अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०८:३८