२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

 गुराँस लघुवित्तको आईपिओ बाँडफाँड

२६ वैशाख, काठमाडाैँ । गुराँस लघुवित्तले बैशाख १६ देखि २० गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेकाे छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता निष्काशनमा ल्याएकोमा लघुवित्तको कर्मचारीतर्फको ५ कित्ता थप गरेर २ लाख ३३ हजार ६३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३६३ आवेदकलाई बाँडफाँड गरिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा १० बजे उक्त आईपिओ बाँडफाँड गरिएको हो । सर्वसाधारणमा निष्काशन गरिएको लघुवित्तको आईपिओमा कूल तीन लाख २ हजार ३८ वटा आवेदनबाट २३.८० गुणा अधिक ५५ लाख ६० हजार ३४० कित्ता आवेदन परेको थियो ।

जसमध्ये ६४२ वटा आवेदनबाट परेको १४ हजार ८९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । तीन लाख एक हजार ३९६ वटा आवेदन सदर भएको थियो। सदर आवेदनबाट ५५ लाख ४५ हजार ४५० कित्ता शेयर माग भएको थियो ।कूल सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आईपिओ पाएका हुन् । सदर आवेदकको ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् ।लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

प्रकाशित मिति : 13:51