राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई
२४ वैशाख, काठमाडौँ । मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।
एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । प्रदेश २ का लागि रोहन विकले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै शेख इमरानले १४, विशाल पटेलले २८ तथा निखिल सिंहले २७ रन जोडे ।
सुदूरपश्चिमका आशिष भट्टले ३ विकेट लिए भने सचिन बदायाक र गोविन्द विष्टले समान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रनको योगदान दिए भने सन्दीप विष्ट २८, आशिष भट्ट २१ र गोविन्द विष्टले १४ रनको योगदान दिए ।
प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए भने प्रशान्त सिंह अरबाज अन्सारीले एक विकेट लिए । उपाधिसँगै प्रदेश नं २ ले रु दुई लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार पायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नं ३ का दीपक बोहोरा, उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइश भट्टराई, उदयमान खेलाडी प्रदेश नं ३ का स्पिनर भार्गव चटौत घोषित भए ।
प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार २२:०३