१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

खुद्रा व्यापारीहरू मारमा परेकाे भन्दै भृकुटीमण्डपमा हुने जुत्ता ‘सेल मेला’ सधैँका लागि बन्द

२२ बैशाख, काठमाडौँ । भृकुटीमण्डपमा हुने गरेकाे जुत्ता ‘सेल मेला’ सँधैका लागि बन्द भएकाे छ । काठमाडौँको भृकुटीमण्डपस्थित् सानो चौरमा संचालन हुँदै आएको स्वदेशी नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आईतबारबाट सधैँका लागि बन्द गरिएको हाे ।

जुत्ता उद्योगीहरुले आईतबार काठमाडौँमा पत्रकार सम्मेलन  गरी खुद्रा व्यापारीहरुको मागलाई ध्यानमा राखेर सो ‘सेल मेला’ सधैँका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन । खुद्रा व्यापारीहरु मारमा परेकाले सो ‘सेल मेला’ अब सञ्चालन नगर्ने निर्णयमा पुगिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार २१:२२