१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

विदेशी लगानी भित्र्याउन सरकारले प्राथमिकता दिनुपर्छः डा महत

१८ वैशाख, हेटौँडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । केन्द्रीय सदस्य डा महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन काङ्ग्रेस मकवानपुरद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रदेश नं ३ का नेपाली काङ्ग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती कम्पनीले मजदूरलाई बेरोजगारीको अवस्थामा पु¥याउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो । ट्रेड युनियन काङ्ग्रेस मकवानपुरका सल्लाहकार हरिप्रसाद वाग्ले, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय उपाध्यक्ष तारा कार्की र नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले नेपाली काङ्ग्रेस र ट्रेड युनियनका बीचमा सहकार्य गर्दै मजदूरको हकहितको निर्मित पार्र्टीले रचनात्मक सहयोग गर्नु पर्दछ भन्नुभयो ।

फाइल फोटो ।

यसैबीच नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ द्वारा आयोजित प्रेसका साथै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्ने माग गर्दै आज बिहान निस्केको एक ¥यालीले हेटौँडा नगरको परिक्रमा गरी स्थानीय सीमाचोकमा आइपुगेपछि कोणसभामा परिणत भएको थियो । महासङ्घका प्रदेश अध्यक्ष प्रताप विष्ट र महासचिव कृष्ण सारुले सरकारले प्रेश र नागरिकको अभिव्यक्ति माथि नियन्त्रण गर्न नहुने सुझाव दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १९:२१