१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

लोकप्रिय कलाकार राजेन्द्र कुमार कार्कीको गीत ‘मुना पलायो’ सार्वजनिक

काठमाडाैँ । लोकप्रिय कलाकार एवम् राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको गीत ‘मुना पलायो’ बजारमा सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडाैँमा राष्ट्रिय लोक सास्कृतिक संघले एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको विमोचन गरेको हो । बिमोचित उक्त गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको सुमधुर स्वर रहेको छ । बिष्णु खत्रीको संगीत रहेको सो गीतको रचनाकार राजेन्द्र कुमार कार्की हुन् ।

नेपाली समाजलाई लोक संगीतको माध्ययमबाट जोड्दै र लोक पारखीको मनमा बस्न सफल गायकहरुले नयाँ किसिमको भाकाको रुपमा उक्त गीत बजारमा ल्याएको दाबी गरेका छन । मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा सृजु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको जोडदार अभिनय रहेको छ ।

ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायांकन र रोशन धितालको सम्पादन रहेको उक्त गितको बिमोचनमा रेशम थापा, बिष्णु खत्री तथा अथितिको रुपमा राकेश श्रेष्ठ, रमेश दुलाल कागे, गोबिन्द दुलाल, श्रीकृष्ण दाहाल, आशा लामा, पम्फा थापा, सुर्यमणि आर्चाय, गोविन्द ढुङगाना, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो । कृष्णहरि केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अमृत खातीले गरेका थिए । बिमोचित गीत बिष्णु खत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : April 26, 2019 at 11:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/