२९ माघ २०८२, बिहीबार | Fri Feb 13 2026

दोस्रो चन्द्रागिरि महोत्सवमा दुई करोडको कारोबार

९ वैशाख, काठमाडाैँ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा दोस्रो ‘चन्द्रागिरि महोत्सव’ सम्पन्न भएको छ । ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चैत २९ देखि शुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना भएको महोत्सवमा रु दुई करोड २५ लाख बराबरको कारोवार भएको महोत्सवका संयोजक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा भएको महोत्सवमा ६५ हजारले महोत्सवको अवलोकन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । नौ दिनसम्म चलेको महोत्सवमा स्थानीय कृषिउपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इञ्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम सङ्कलगायतका १०० भन्दा बढी कक्ष रहेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार १२:१६