२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

१९ वर्षमुनीको आइसिसी विश्वकप छनोटः नेपालद्धारा ओमानसामू २३० रनको विजय लक्ष्य प्रस्तुत

३ वैशाख, काठमाडौँ । उन्नाइस वर्षमुनिको आइसिसी (यु १९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार ग¥यो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे । बलिङतर्फ ओमानका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई÷दुई विकेट झारे । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले हराएको थियो भने नेपाललाई विश्वकप प्रतियोगितामा छनोट हुनाका लागि पनि ओमनलाई हराउनै पर्ने बाध्यता छ । सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई आठ विकेटले हराएको थियो । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १२:१०