२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

वैशाख ५ गतेदेखि प्रथम पचभैया वडास्तरीय भलिबल प्रतियोगिता

३ वैशाख, पोखरा । पोखरा महानगरपालिका– ३१ मा क्रियाशील प्रगतिशील युवा मञ्चको आयोजनामा प्रथम पचभैया वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । मञ्चका अध्यक्ष सुनिल थापाले यही वैशाख ५ गतेदेखि गाईघाट(पचभैया) खेल मैदानमा भलिबल प्रतियोगिता हुने जानकारी दिनुभयो । पर्यटकीय शहर पोखरामा खेल पर्यटनको समेत विकास गर्दै यसैका माध्यमबाट आन्तरिक पर्यटनको प्रवद्र्धन र भलिबल खेलको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

जम्मा ४० टिमले सहभागिता जनाउने अपेक्षा राखिएको प्रतियोगिता अवधिमा आठदेखि १० हजार दर्शकले हेर्ने अनुमान गरिएको छ । प्रतियोगिताका प्रचारप्रसार संयोजक ऋषिकान्त पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने र द्वितीय हुनेलाई क्रमशः रु ५०,००० र रु ३०,००० सहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । विसं २०६२ मा स्थापना भएको उक्त क्लबले प्रतियोगिता सञ्चालनबाट प्राप्त आम्दानीको रकमबाट खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०९:१८