२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

वाटफोर्डलाई एक शून्यले हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको चाैँथाे स्थानमा उक्लियो

३ वैशाख, काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो ।

वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो । वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर त्यसपछि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०९:०१