२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

 इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरकाे साताैँ हार

३ वैशाख, काठमाडाैँ । इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले साताैँ हार ब्यहोरको छ । सोमबार राति भएको खेलमा बेंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो । मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनाए ।

उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन् । यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । उसका चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । जवाफमा मुम्बइले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो। मुम्बइको जितमा क्विन डी ककले ४० तथा कप्तान रोहित शर्माले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०८:५८