१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कर नतिरेसम्म एनसेलकाे शेयर विक्री र लाभांश वितरणमा राेक लगाउन सर्वोच्चको आदेश (पूर्णपाठसहित)

२६ चैत, काठमाडौँ । ३ महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

गत २३ माघमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ मंगलबार महान्यायाधिवक्ता कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको छ । ३९ पृष्ठ लामो उक्त पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व टेलिया सोनेर स्वीडेनलाई नलागी एनसेललाई लाग्ने प्रष्ट पारिएको छ ।

सर्वोच्चकाे फैसलामा एनसेलले २०७३ वैशाख २६ र २०७४ जेठ २१ मा पुँजीगत लाभकर वापत अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख बुझाइसकेको देखिएको उल्लेख छ ।

सर्वोच्चकाे आदेशअनुसार ३ महिनाभित्र कानून बमोजिम आवश्यक निर्णय गर्न र गराउन साथै करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन नदिलाउन भनिएकाे छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १७:५४