१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

२०१९ मा दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंककाे प्रक्षेपण , नेपाल तेस्रो स्थानमा

२५ चैत, काठमाडौँ । विश्व बैंकले सन् २०१९ मा दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।  सन् २०२० र २०२१ मा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने पनि बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंककाे प्रक्षेपण अनुसार दक्षिण एसियामा नेपालको वृद्धिदर तेस्रो स्थानमा छ । सन् २०१९ मा सबैभन्दा बढी भारतले वृद्धि गर्नेछ । उसको वृद्धिदर ७.५  प्रतिशत हुनेछ । दोस्रोमा बंगलादेश परेको छ । उसले यो वर्ष ७.३ प्रतिशतको आर्थिक बृद्धिदर गर्नेछ ।

तेस्रोमा परेको नेपालले ६ प्रतिशतको वृद्धि गर्ने विश्व बैंकको प्रक्षेपण छ । नेपालले सेवा क्षेत्र त्यसमा पनि पर्यटन क्षेत्रबाट फाइदा लिन सक्ने र यस्तै उत्पादन क्षेत्रले पनि आर्थिक वृद्धिमा सहयोग गरेको विश्व बैंकले भनेको छ ।

अफगानस्तान भने दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशमा परेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार १८:०३