२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

राजस्थान रोयल्सलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा

२५ चैत, काठमाडाैँ । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको हो । लिगको सुरुआती ५ खेलमा ४ जित र १ पराजयको नतिजाका साथ ८ अंक जोडेर कोलकाता शीर्ष स्थानमा पुगेको हो ।

समान खेलबाट समान ८ अंक भएपछि कोलकाताले चेन्नईलाई रनरेटका आधारमा पछि पारेको हो । ५ खेलबाटै सनराइजर्स हैदराबादको ६ अंक छ । घरेलु टोली राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३.५ ओभरमै २ विकेट गुमाएर भेट्टायो ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:५३