२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने

२५ चैत, काठमाडाैँ । एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा उल्भरह्याम्प्टनविरुद्ध नाटकीय पुनरागमनसहितको जित निकाल्दै वाटफोर्डले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको हो ।

वेम्बली रंगशालामा आइतबार भएको खेलमा २ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै वाटफोर्डले अतिरिक्त समयमा ३–२ गोलअन्तरको जितका साथ फाइनल पुगेको हो । वाटफोर्ड र म्यानचेस्टर सिटीबीचको फाइनल खेल मे १८ मा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:४८