१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेपाल राष्ट्र बैंकले सोमबार नौ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

२४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार रु छ अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ । बैंकले यसअघि यही चैत १८ गतेसमेत टे«जरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १९:४०