२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी–२० मा सन्दीपको ५० औं विकेट

२४ चैत, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० खेलमा ५०औं विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैङ्गलोरविरुद्धको खेलमा १ विकेट लिँदै १८ वर्षीय युुवकले काेशेढुङा पार गरेका हुन् ।

टस जितेर दिल्लीले पहिले बलिङ गर्ने निर्णय गरको थियो । ब्याटिङमा उत्रिएको बैङ्गलोरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ र मोइन अलीले ३२ रनको योगदान गरे ।

बैङ्गलोरलाई सस्तैमा समेट्न कागिशो रवाडाले ४ ओभरको स्पेलमा २१ रन दिँदै ४ विकेट लिए । क्रिस मोरिसले २ विकेट लिँदा अक्षर पटेल र सन्दीपले १/१ विकेट बाँडे । आजको खेलमा सन्दीप महङ्गो सावित भए । उनले ४ ओभरमा ४६ रन दिँदै १ महत्वपूर्ण विकेट लिएका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १८:२५