२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

इण्डियन प्रिमियर लीग क्रिकेटः मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदरावाद ४० रनले पराजित

२४ चैत, काठमाडाैँ । इण्डियन प्रिमियर लीग क्रिकेट अन्तर्गत शनिबार रातिको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । हैदरावादले टस जितेर बलिङ गरेको थियो । ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो ।

हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १३ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मुम्बईका अलजारी जोसेफले ३.४ ओभरमा १२ रन दिएर ६ विकेट झारे । उनी म्यान अफ दि म्याच बने । आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो । यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार ०७:४०