१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सिंचाईमन्त्री वर्षमान पुन बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमनमा

२३ चैत, काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा. संजय शर्मासहित शनिवार परियोजनास्थल पुग्नुभएको हो । मन्त्री पुनले मन्त्रालयअन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरिक्षणका लागी विदाको दिन समेत अनुगमनमा निस्कदै आउंनुभएको छ ।

उहांले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसंग छलफल गर्नुभएको हो । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भन्नुभयो ‘वाग्मती सम्पदासंग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने हुन्छ, यो नयां आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’

मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिनुभएको छ । वाग्मती सभ्यतासंग जोडिएको आयोजना भएकाले पनि यसमा सवैको चांसो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्न बताउनुभयो । ‘यो परियोजनामा सवैको चांसो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’ मन्त्री पुनले भन्नुभयो ।
उहांले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री पुनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहांले निर्माण व्यवसायीहरुले काम समय नगर्दा राज्य र सरकारमाथी प्रश्न उठ्को भन्दै जिम्मेवार वन्न चेतावनी दिनुभएको छ ।  वाग्मती मानव सभ्यतासँग जोडिएकाले पनि यसको संरक्षणका लागि लागि लाग्नुपर्ने उहाको भनाइ थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको उक्त परियोजना सम्पन्न भइसकेपछि वाग्मती सफाईमा सहयोग पुग्ने विश्वास लिइएको छ । आयोजना प्रमुख नवराज सुवेदीकाअनुसार उक्त ड्याम निर्माण भईसकेपछि पानी जम्मा गरेर हिउंदमा बाग्मतीमा पठाउने तयारी छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार २१:४९